मारुती सिमेन्ट र कोल उद्योगलाई बनक्षेत्र प्रयोग गर्न दिइने |
काठमाडौं । सरकारले पाँच परियोजनाका लागि बन क्षेत्र प्रयोग गर्न दिने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक गर्दे सञ्चार मन्त्री गोकुल बास्कोटाले पाँच परियोजनाका लागि बन क्षेत्र प्रयोग गर्न दिने बताए ।
कालंगागाड जलविद्युत आयोजना, माथिल्लो कालंगागाड जलविद्युत आयोजना, मारुती सिमेन्ट लिमिटेडका लागि चूनढुङ्गा उत्खनन, सत्य साई कोल उद्योग प्रालिका लागि चूनढुङ्गा उत्खनन, रिचेतखोला साना जलविद्युत आयोजनाका लागि बन क्षेत्र प्रयोग गर्न दिने भएको हो ।