गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई |

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई चयन भएका छन् । फाइनान्स सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागू हुने गरी वाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैबीच, गत मंगलबार नै सम्पन्न सञ्चालक समितिको बैठकले अध्यक्ष प्रेमबहादुर खापुङको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको थियो ।