एसईई सकेर बसेका बिद्यार्थीलाई एनसेलको १ रुपैयाँमै सिम, सस्तोमा डाटा प्याक |
काठमाडौं । एनसेल प्रालिले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर ल्याएको छ । पहिलो सिमको मुल्य १ रुपैयाँ कायम गरिएको छ ।
सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ सेवा उपलब्ध हुनेछ ।विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसईईको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर जानु पर्नेछ ।
एसईई सिममा १७.७० रुपैयाँमा दैनिक डाटा प्याक उपलब्ध हुनेछ । दिनको प्याकमा ३०० एमबी, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।
सिम सुचारु गरेपछि यदि ग्राहकले ५० रुपैयाँभन्दा माथिको रिचार्ज गरेमा २४ घण्टाको लागि १०० एमबी डाटा र १०० एसएमएस सित्तैंमा प्राप्त हुनेछ ।
माइ फाइभ सेवा एक वर्षको लागि निːशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि शुन्य पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि कुराकानी गर्न सक्नेछन् ।