सर्वोच्चमा प्रस्तावित पाँचै जनाको नाम सुनुवाई समितिबाट भयो अनुमोदन |

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतमा प्रस्तावित पाँचै जना न्यायाधीशको नाम अनुमोदन गरेको छ ।
प्रकाश ढुंगाना, हरि फुयाँल, सुष्मलता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम सर्वोच्च अदालतका न्यायाधीशका लागि समितिले अनुमोदन गरेको हो ।
उनीहरुमाथि पाँचवटा उजुरी परेका थिए । सिफारिसमा परेका सुष्मलाता माथेमा र कुमार रेग्मीविरुद्ध भने उजुरी परेको थिएन । त्यसबाहेकका अन्यको नाममा उजुरी थियो ।