प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत अनुमोदन |
काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेश थपलियाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । बुधबार उजुरीकर्ता र थपलियासँग छलफलपछि सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
थपलियाविरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेको थियो । सुनुवाई समितिमा थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्वता जनाएका छन् ।
बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताए । संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरुमा समेत उपचुनाव हुन सकेको छैन ।
थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्याउने कार्ययोजना समेत पेश गरेका छन् ।