इन्फोसिस फिनाकल क्लाइन्ट इन्नोभेसन अवार्ड २०१९ मा कुमारी बैंक पुरस्कृत |
काठमाडौं । भारतको मैसुरमा भएको इन्फोसिस फिनाकल क्लाइन्ट इन्नोभेसन अवार्ड २०१९ मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ ।
यसरी इन्फोसिस फिनाकलबाट सम्मानित हुनेमा अहिलेसम्म कुमारी पहिलो नेपाली बैंक भएको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो कोर बैंकिङ सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा बैंकलाई सम्मानित गरिएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा सृजनशीलता जस्ता बुँदाहरुलाई आधार मानेर अवार्ड दिने गरिन्छ ।