नेपालको पहिलो भू–उपग्रह नासाबाट भोली लन्च हुने |
काठमाडौं । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ भोली बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ ।
अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट स्याटेलाइट प्रक्षेपण हुनेछ ।