सेञ्चुरी बैंक र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य समायोजन |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सेञ्चुरी बैंकको बोनस र ग्रामीण विकास लघुवित्तको हकप्रदमा शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार सेञ्चुरी बैंकको २ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १६६ रुपैयाँ ६७ पैसामा शेयरमूल्य समायोजन गरेको हो । समायाजित शेयरमूल्यलाई आधार मानेर बैंकको सोमबार कारोबार खुलेको हो । बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधारमूल्य २१४ रुपैयाँ ८३ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।
बैंकले वैशाख १२ गते आह्वान गरेको वार्षिक साधारण सभाका लागि चैत २९ गते बिहीबार बुकक्लोज गरेको हो । उता नेप्सेले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत हकप्रदमा शेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले ५० प्रतिशत हकप्रद समायोजन पश्चात प्रतिकित्ता ३३३ रुपैयाँ ६७ पैसामा शेयरमूल्य समायोजन गरेको छ । युसै मूल्यलाई आधार मानेर लघुवित्तका सोमबार कारोबार खुलेको छ । नेप्सेमा १८० दिन शेयर कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल््य २१५ रुपैयाँ ५५ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।
ग्रामीण विकास लघुवित्तले चैत २९ गत हकप्रद निष्काशन गर्न बुकक्लोज गरेको हो । यसअनुसार दुबैको चैत २८ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र सम्बन्धित कम्पनीको बोनस तथा हकप्रद पाउनेछन् ।