सिभिल क्यापिटल मार्केटले तीन करोड ७५ लाख रुपैयाँको आईपीओ जारी गर्ने |
काठमाडौं । सिभिल क्यापिटल मार्केटले तीन करोड ७५ लाख रुपैयाँको आईपीओ जारी गर्ने निर्णय गरेको छ । चैत २८ गते बिहीबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय गरेको हो । यससँगै सिभिल क्यापिटल दोस्रो आईपीओ जारी गर्ने मर्चेन्ट बैंक बन्ने भएको छ ।
बिहीबार सम्पन्न विशेष साधारण सभाले कम्पनीले जारी पूँजी २० करोडबाट २५ करोड रुपैयाँमा वृद्धि गरि जारी पूँजीको १५ प्रतिशत साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै विशेष साधारण सभाले हाल क्यापिटलको संस्थापकहरुमा चुक्ता भई कायम रहेको १७ करोड रुपैयाँ चुक्ता पूँजीको २५ प्रतिशतका हकप्रद शेयर जारी गरी २१ करोड २५ लाख पुर्याउने निर्णय गरेको छ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संसोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संसोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन आएमा सो को पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।
यसअघि सीबीआईएल क्यापिटलले साधारण सभाबाट ३ करोड रुपैयाँको साधारणशेयर निष्काशनका गर्ने प्रस्ताव पारित गरि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । सो आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपाल रेटिङ्ग ४ प्रदान गरेको छ । सीबीआईएलको साधारण शेयर निष्काशनको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ ।