एनआईसी एशिया क्यापिटलको एक नेपाली एक डिम्याट खाता अभियान शुरु, डिम्याट खाता खोल्दा शुल्क नलाग्ने |
काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली एक डिम्याट खाता’ योजना संचालन गर्ने भएको छ । नयाँबर्ष २०७६ लाई लक्षित गर्दै क्यापिटलले सो अभियान संचालन गर्ने भएको हो ।
एनआईसी एशिया क्यापिटलले डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि एक नेपाली, एक डिम्याट खाता अभियान संचालन गर्ने छ । क्यापिटलले सोहि अभियानलाई थप टेवा पुर्याउन २०७६ असार मसान्त सम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा समेत छुट गरिएकोे छ ।
सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सहयोग पुग्ने विस्वास लिएको छ । क्यापिटलले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय मर्चण्ट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।