एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयरका लागि बुक क्लोज बैंशाख ९ गते |
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरका लागि बुक क्लोज बैशाख ९ गते एकदिनलाई बन्द गर्ने भएको छ ।
कम्पनीको २३ औं वार्षिक साधारण सभाले पारित गरेको विशेष प्रस्ताव बमोजिमको हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले १ बराबर ३ को अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २७ अर्ब ३९ करोड ८२ लाख ५ सय रुपैयाँ रहेको छ भने हकप्रद शेयरपश्चात १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ पुग्नेछ ।