नाडेप लघुवित्तको साधारण सभा बैशाख २६ मा |
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ ।
कम्पनीले चैत २८ गते बिहिबार बसेको संचालक समितिको बैठकबाट बैशाख २६ गते, नौबिसे एग्रो रिसोर्ट नौबिसे धादिङमा बिहान ११ बजे गर्ने निर्णय भएको छ ।
सभामा आव २०७४∕७५ को वार्षिक प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहित छलफल गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजी १६ करोडको ३० प्रतिशत वा १ बराबर १ हकप्रद निष्काशन पश्चात चुक्ता पुँजी ३२ करोडको १५ प्रतिशतले हुन आउने ४ करोड ८० लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने प्रस्ताव रहेको छ ।
सभाका लागि कम्पनीले बुक क्लोज बैशाख ९ गते एकदिनलाई बन्द गर्ने भएको छ । उक्त लाभांश बैशाख ८ गतेसम्म कायम शेयरधनीले मात्र बोनस र नगद लाभांश प्रदान गरिनेछ ।