३० प्रतिशतले बेरुजु बढ्यो, गत वर्षको सरकारी बेरुजु तीन खर्ब ७७ अर्ब |

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०७४∕७५ मा ३ खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ बेरुजु भएको जानकारी दिएको छ । बैशाख २९ गते शुक्रबार सार्वजनिक गरेको महालेखा परिक्षकको ५६ औं वार्षिक प्रतिबेदनमा यो बेरुजु रकम गत वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।
प्रतिबेदन अनुसार संघिय सरकारका कार्यालयहरुमा २ खर्ब ८६ अर्ब, स्थानीय निकायहरुमा ३५ अर्ब ९९ करोड, प्रदेशको सरकारी कार्यालयहरुमा १९ करोड ५१ लाख र जिल्ला समन्वय समितिहरुमा ५५ अर्ब २८ करोड बेरुजू देखिएको छ ।
यसैगरी उल्लेखित सरकारी कार्यालयहरुले विगतका बेरुजुका अतिरिक्त ३ खर्ब ६ अर्ब १८ करोड रुपैयाँ कारबाही टुंगो लगाउनु पर्ने देखिएको छ ।
प्रतिबेदनमा ६ हजार ६४४ निकायको ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँको लेखा परिक्षण सम्पन्न गरेको छ ।