नेपाल ल्युव आयलले लाभांश बाँड्न शेयरधनीलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह |
काठमाडौं । नेपाल ल्युव आयलले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांशका लागि शेयरधनीलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न र कागजी शेयर भए अभौतिकिकरण गर्न आग्रह गरेको छ ।
कम्पनीले बैशाख २ गतेदेखि डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई बोनसमा लाग्ने कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
नेपाल ल्युब आयलको पुस १२ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट १० प्रतिशत बोनस र कर प्रयोजन सहित ३० प्रतिशत नगद लाभांश पारित भएको थियो । उक्त लाभांश मंसिर २८ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।