एफएनसीसीआइ लाइफ टाइम अचिभमेन्ट अवार्ड महेशलाल प्रधानलाई |
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले महेशलाल प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । महासंघका पूर्व अध्यक्षसमेत रहेका प्रधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।
चण्डीराज ढकाललाई पनि विशेष सम्मान गरिएको छ । उनी पनि महासंघका पूर्वअध्यक्ष हुन् । महासंघको ५३औं बार्षिक साधारणसभाको अवशर परेर समन्न गरिएको हो । महासंघले विभिन्न संगठनहरुलाई पनि पुरस्कृत गरेको छ । बस्तुगततर्फ नाडा प्रथम भएको छ भने कम्प्युटर एसोसिएसन दोस्रो र विउ ब्यवसायी संघ तेस्रो भएको छ ।
यसैगरी क बर्गको संगठनका रुपमा प्रथम लेखनाथ उद्योग बाणिज्य संघ भएको छ । दोस्रो ललितपुर र तेस्रो उद्योग संगठन मोरङ भएको छ ।
ख वर्गमा प्रथम म्याग्दी, दोस्रो रत्ननगर र तेस्रो वालिङ उद्योग बाणिज्य संघ भएको छ । यसैगरी पाँचथर प्रथम, वेहुलपुर दोस्रो र जुम्ला उद्योग बाणिज्य संघ तेस्रो भएको छ ।