राष्ट्रिय बाणिज्य बैंकको हावाहुरी पिडितलाई ७५ लाख सहयोग |

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले तराईमा हावाहुरी पिडीतका लागि ७५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको हो ।
बैंकले एक कार्यक्रमबीच उक्त रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो । बाष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द«मान गूरुङले प्रधामन्त्रीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा कानून, न्याय तथा संसदिय मामिला मन्त्रालयका माननिय मन्त्री भानूभक्त ढकाल, काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सून्दर शाक्य, प्रधानमन्त्रीका प्रमूख राजनैतिक सल्लाहकार विष्णू रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, पे्रस सल्लाहकार राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सह सचिव निर्मलहरी अधिकारी, बैंकका प्रमूख कार्यकारी अधिकृत किरण कूमार श्रेष्ठ, नायव प्रमूख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत टेक राज जोशी, विभागीय प्रमूख राज्य लक्ष्मी खड्गी लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थीती रहेको थियो ।