नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर |
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन भएका छन्।् । उनी परिसंघमा वरिष्ठ उपाध्यक्ष थिए । परिसंघको १६औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान छ । उनी लक्की गु्रपका अध्यक्ष हुन्। । शिवम सिमेन्टका संचालक रहेका मोर विभिन्न दर्जन उद्योग तथा व्यवसायमा आवद्व छन्।् । उपाध्यक्षमा अनुज अग्रवाल, विष्णु अग्रवाल, शुलभ अग्रवाल, निर्वाण चौधरी, राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे चयन भएका छन्।् । उपाध्यक्षमा पूर्व बैंकर अनलराज भट्टराईले समेत आकांक्षा राखेका थिए । तर भट्टराईले अरु कुनै पदमा एडजस्ट गर्ने गरि पाण्डेलाई उपाध्यक्षमा ल्याएको हो ।
यी उपाध्यक्षमध्येबाट वरिष्ठ उपाध्यक्षको चयन एक वर्षभित्र गर्नुपर्छ । कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गरेर गभर्निङ काउन्सिलमा पठाउँछ । गभर्निङ काउन्सिलमा वरिष्ठ उपाध्यक्षमा एकमत नभएमा नेशनल काउन्सिलमा भोटिङका आधारमा चयन हुने प्रावधान छ । परिसंघ स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा अनुज चयन गरिनेछ । यसअघिनै अनुजले आफू भन्दा सिनियर भएकै आधारमा मोरलाई छाडेका थिए ।