आँधी पीडितलाई एनआरएनए नाइजेरियाले एक लाख ३१ हजार उठायो |

लेगोस (नाइजेरिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले बारा पर्साका आँधी पीडितका लागि एकलाख ३१ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त रकम एनआरएनए केन्द्रीय कार्यालयमा जम्मा गरिएको छ ।
उक्त रकम चिरञ्जीवी रोका, मन थापा, संजय थापा, भरत रिजाल, अन्जु पौडेल, बिदूर घिमिरे, कीर्ती अग्रवाल भाङ्गर, अभिषेक मान सिंह , सागर श्रेष्ठ, रुद्र दर्लामी मगर, सोमेश अर्याल , भरत रिजाल र वीरेन्द्र गुप्ताले सहयोग गरेका हुन् ।
यस्तै, ज्ञानेन्द्र गुप्ता, सुशील गिरी, सुरज गिरी, निरु पौडेल, बिनोद गुरुङ, मदन बोहरा, राजकुमार, टोपबहादुर गुरुङ, राजु धिताल, भीम थापा, प्रकाश अर्याल, सुकमल सरकार,राजु थापा र रमेश गुप्ताले पनि सहयोग गरेको एनआरएनए नाइजेरियाका अध्यक्ष विश्वास पौडेलले जानकारी दिए ।