मेगा बैंकको शेयरसम्बन्धी काम मेगा क्यापिटल मार्केट्सबाट |
काठमाडौं । मेगा बैंकले शेयर रजिष्ट्रारमा बैंकको सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लाई नियुक्त गरेको छ ।
बैंकको शेयर रजिष्ट्रारले गर्ने शेयर सम्बन्धी सम्पूर्ण कार्य वैशाख २ गतेबाट मेगा क्यापिटलबाट हुने भएको छ । यसअघि शेयर रजिष्ट्रारको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गरेको थियो ।
बैंकको शेयर रजिष्ट्रारसम्बन्धी कार्यलगायत अन्य कार्यहरुको हिसाब मिलानको लागि चैत २६ गतेदेखि २९ गतेसम्म नबिल इन्भेष्टमेन्ट बैंकिङ बन्द रहने जानकारी दिइएको छ ।