जेबिल्सले लाभांश वितरण गर्न राष्ट्र बैंकबाट पायो अनुमति |
काठमाडौं । जेबिल्स फाइनान्सले लगानीकर्ता लाई लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । फाइनान्सले शेयरधनीलाई १ दशमलव २४५ बोनस शेयर दिन लागेको हो ।
कम्पनीको चैत १३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ दशमलव २४५ बोनसका साथमा कर तिर्न ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
फाइनान्सले हालै लिलामीमा सेयर विक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुर्याएको छ । उक्त लिलामी शेयर भर्ने लगानीकर्ताले पनि प्रस्तावित लाभांश पाउनेछन् ।
यस्तै, जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले किन्ने सम्झौता भएको छ । हाल लिलामीमा रहेको जेबिल्सको शेयर किन्ने लगानीकर्ता इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरधनी बन्नेछन् ।