नयाँ बर्षमा हुन्डाईले ल्यायो ‘डिलाइट स्किम’, ५० हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस |
काठमाडौं । हुण्डाई मोटर्सका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ बर्ष लक्षित स्किम ल्याएको छ । कम्पनीले हुण्डाई न्यू इयर डिलाइट स्किम ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले नगद छुट प्राप्त गर्न सक्नेछन् ।
५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १५ हजार रुपैयाँको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
सबै हुण्डाई गाडीहरु ४ वर्षको निːशुल्क सर्भिसिङ तथा ३ वर्षको वारेन्टीसहित उपलब्ध छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ ।