सिटिजन्स बैंकको डेपुटी सीईओमा देवकोटा नियुक्त, बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव |

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको २९७औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत बोधराज देवकोटालाई २०७६ साल वैशाख १ गतेबाट लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
देवकोटाले स्थापनाकालदेखिनै बैंकसँंग आबद्व भई विभिन्न पदमा काम गर्दै आएका थिए । देवकोटाले काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा एमफील तथा त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । सिटिजन्स बैंकमा आउनु अगाडि उनी नेपाल बैंक कार्यरत थिए । उनको बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ ।