मिथिला लघुवित्तको साधारण सभाद्वारा १०.४५ प्रतिशत बोनस शेयर पारित |
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थको दशौं बार्षिक साधारण सभाले शेयरधनीहरुलाई १०.४५ प्रतिशत बोनस शेयर वितरण गर्ने, अधिकृत पुंजी १० करोडवाट २० करोड पु¥याउने र वोनस शेयर वितरण गरे पश्चात चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार ६०२ पुर्याउने प्रस्ताव पारित भएको छ ।
सनिबार वौवा होटल, लालगढ धनुषामा प्रमुख अतिथि क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पंजीयारले विधिवत उद्घाटन गरि संचालन भएको थियो ।
त्यस्तै सर्बसाधारण शेयरधनीहरुको तर्फवाट २ जना संचालकको निर्वाचनमा सरोज कुमार सिंह र मनोज कुमार साह निर्विरोध निर्वाचित भएका छन् ।
वित्तीय संस्थाका विभागिय प्रमुख रेशम प्रसाद वास्तोलाले संचालन गरेको उक्त सभधारण सभामा प्रमुख अतिथि क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पंजीयारले संस्था १० बर्ष पुरा भई एघारौं बर्षमा प्रबेश गरेकोमा हार्दिक बधाई दिंदै आगामी दिनहरुमा संस्थाले ग्रामिण विपन्न समुदायको आर्थिक अवस्थामा सुधार गर्न अहम भुमीका खेल्नु पर्ने मन्तब्य रखेका थिए ।
त्यस्तै सभामा विशिष्ठ अतिथि भिष्मराज चालिसेले संस्थाले अहिले सम्म वित्तिय क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्दै आगामी दिनमा अझ प्रगति गर्न सकोस भनी शुभकामना दिए ।
यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले स्वागत मन्तब्य राख्दै ग्राहक सदस्यहरुको सिप र क्षमता, बजार र भौगोलिक क्षेत्रको आधारमा उत्कृष्ट कार्यक्रमहरु संचालन गरिरहेको र कर्मचारीहरुले उच्च मनोवलका साथ काम गरिरहेको हुनाले आगामि बर्षमा संस्थाको कारोवारमा उल्लेख्य प्रगति भई शेयरधनीहरुलाई उचित मुनाफा दिन सकिने धारणा राखे ।
साथै, संचालक समितिका अध्यक्ष शिवप्रसाद साहले पेश गरेको बार्षिक प्रतिवेदन सभाले स्वीकृती गरेको छ ।