होटल हायतसँगको सम्झौता रद्द गरी जग्गा फिर्ता ल्याउन निर्देशन |
काठमाडौं । संसदको अन्तरराष्ट्रिय सम्बन्ध समितिको उपसमितिले तारागाउँ विकास समितिको १५० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउँदै होटलको नाममा रजिस्ट्रेसन पास गरिदिएको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको छ ।
सांसद अग्निप्रसाद सापकोटाको संयोजकत्वमा गठित उपसमितिले आइतबार १४ बुँदे निर्देशनसहितको प्रतिवेदन बुझाएको छ । गत मंसिर २१ गते गठन भएको उपसमितिमा पाँच जना सदस्य रहेका छन् । सो उपसमितिले चार महिना लगाएर तयार पारेको प्रतिवेदनले २९ वर्षका लागि दिएको जग्गा भाडा सम्झौता भंग गर्न र बजार मूल्यअनुसार जग्गाको मूल्यांकन गरी उचित लाभ तोक्न पनि सरकारलाई निर्देशन दिएको छ ।
होटल हायतमा सरकारको शेयर स्वामितव घटेको सम्बन्धमा कम्पनी रजिष्टारको कार्यालय र नेपाल धितोपत्र बोर्डसँग थप विवरण लिन पनि प्रतिवेदनमा भनिएको छ ।