राष्ट्रिय बाणिज्य बैंकमा चौथो तहदेखि वरिष्ठ प्रवन्धकसम्म ६६१ जनालाई जागिरको अवसर |
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चौथो तहदेखि वरिष्ठ प्रवन्धक पदसहित ६६१ जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले खुला प्रतिस्पर्धाबाट प्रदेशस्तरका शाखा कार्यालयका लागि कर्मचारी भर्ना गर्ने भएको हो ।
बैंकले केन्द्रिय कार्यालयको लागि वरिष्ठ प्रवन्धकको लागि दुई जना, प्रवन्धकको लागि ७ जना र उपप्रवन्धकको लागि ११ जनाको लागि दरखास्त आह्वान गरेको छ । यी तीन पदको लागि स्नातकोत्तर गरि अनुभवको आवस्यकता पर्नेछ । सम्बन्धित पदको लागि न्युनतम २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेको हुनु पर्नेछ ।
त्यस्तै सहायक प्रवन्धकको लागि १४२ जना कर्मचारीको आह्वान गरिएको छ । यस पदका लागि कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्नेछ । न्युनतम २१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाले आवदेन दिन सक्ने छन् ।
वरिष्ठ सहायक पदको लागि १९० जना कर्मचारी आह्वान गरिएको छ । बैंकले वरिष्ठ सहायक अन्तर्गत प्रशासन, कानुन, नगद र सुचना तथा प्रविधि तर्फ छुट्टा छुट्टै माग गरेको छ । वरिष्ठ सहायक पदका लागि सम्बधित विभाग अनुसारको क्षेत्रमा स्नातक गरेको हुनु पर्नेछ ।
बैंकले प्लस टु पास गरेकाहरुको लागि प्रदेश स्तरका कार्यालयहरुमा ३०९ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका उमेदवारले अनलाइन मार्फत आवदेन दिन सक्ने छन् । आवेदकले बैशाख १२ गतेसम्म दरखास्त सक्नेछन् । यदि बैशाख १२ गतेसम्म आवदेन दिन नपाएमा दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवदेन दिन सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले एउटा पद अन्तर्गतको विभिन्न सेवा समुहको लिखित परिक्षा एकै दिन एकै समयमा लिनेछ । बैंकले प्रदेश स्तरका कार्यालयबाट समेत परिक्षा लिने जानकारी दिएको छ ।