नेपाल बीमक संघको अध्यक्षमा पुनː दीप प्रकाश पाण्डे |

काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा पुनː शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे निर्वाचित भएका छन् ।
संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका सीइओ नुरप्रताप प्रधान चयन भएका छन् । महासचिवमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री निर्वाचित भएका छन् । त्यस्तै आईएमई जनरल इन्स्योरेन्सका सीइओ युगेश भक्त बादे श्रेष्ठ कोषाध्यक्षमा पदमा र्निाचित भएका छन् ।
एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लव पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी कुमार बहादुर खत्री, सानिमा जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक सुवोधलाल श्रेष्ठ र प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बर्जाचार्य संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।