राष्ट्रिय अनुसन्धान विभागले माग्यो ५२ जना |
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले ५२ जनाको लागि रोजागरी खुलाएको छ । विभागले अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना माग गरेको छ ।
विभागले खुला प्रतिस्पार्धाबाट पदपूर्ति गर्ने गरी अनुसन्धान अधिकृतको यही चैत १५ गते र सहायकको २१ गते बसेको छनोट समितिको बैठकले निर्णय गरेको हो । अधिकृत स्तरको लागि कम्तिमा स्नातक उतीर्णले आवेदन दिन पाउने छ ।
यसका लागि २१ वर्ष पूरा गरेर ३५ वर्ष ननाघेको हुनुपर्ने छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रमाणपत्र तह उतीर्ण वा सो सहरको उपाधी लिएको सहायक स्तरको निम्ति प्रतिस्पर्धा गर्न पाउने छन् ।