नबिल ब्यालेन्स फण्ड २ को १० करोड २० लाख इकाई वैशाख ५ गतेदेखि |
काठमाडौं । नबिल ब्यालेन्स फण्ड २ ले सर्वसाधारणको लागि वैशाख ५ देखि १० करोड २० लाख इकाई विक्री गर्ने भएको छ ।
फण्डले नेपाल धितोपत्र बोर्डबाट १२ करोड इकाई निष्काशन गर्ने अनुमति पाएकोमा १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक तथा व्यवस्थापकका लागि छुट्टाएको छ । योजना प्रवद्र्धकतर्फ छुट्टाइएको मध्ये १४ प्रतिशत अर्थात एक करोड ६८ लाख योजना व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङका लागि र एक प्रतिशत अर्थात १२ लाख इकाई नविल बैंकलाई छुट्टाएको छ ।
वाँकी ८५ प्रतिशत अर्थात १० करोड २० लाख इकाई सर्वसाधारणको लागि छिटोको अवधिमा वैशाख ९ गतेसम्म विक्री खुला गर्ने छ । यदि पहिलो चरणमा विक्री नभएमा ढिलोको अवधि जेठ ३ गतेसम्म विक्री खुला गरिने निष्काशन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जानकारी दिएको छ ।
लगानीकर्ताले प्रति इकाई १० रुपैयाँको दरमा न्युनतम १०० इकाई र अधिकतम एक करोड २० लाख इकाईसम्मको लागि आवदेन दिन सक्ने छन्।् । यस योजनाको अवधि इकाई बाँडफाँड भएको अवधिले १० वर्षसम्मको रहेको छ ।
कोष प्रवद्र्धक नविल बैंकको रेटिङ इक्रा एनपी आईआर डवल ए माइनस र योजना व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङको इक्रा एनपी एएमसी क्वालिटी थ्री प्लसु रहेको छ । दुबै रेटिङले सुरक्षित रहेको संकेत गर्दछ ।
योजना व्यवस्थापकले शेयर बजार धेरै नै तल झरेको अवस्थामा सार्वजनिक निष्काशन गरेको हुँदा अन्य फण्डले भन्दा राम्रो गर्न सक्ने अवस्था रहेको छ । हाल अधिकांस फण्डहरु घाटामा छन् ।
आवदेनका लागि आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्था साथै मेरो शेयरमा खाता भएकाले अनलाइन आवेदन दिन सकिनेछ ।