कतार एयरवेज हवाई क्षेत्रका नयाँ पिँढीको विकासका लागि प्रतिवद्व |
दोहा, कतार । कतार एयरवेजले हवाई तथा अन्तरिक्ष कानुन क्षेत्रमा विश्वकै पहिलो नवप्रवर्तनशील अनुसन्धान तथा शिक्षण संस्था मेक्गिल विश्वविद्यालयको संस्थासँगको आफ्नो रणनैतिक सहकार्य घोषणा गरेको छ ।
हालै मार्च २२ देखि २३सम्म, कतार एयरवेज÷मेक्गिल एयर ल मुट कोर्ट कम्पिटिशन तथा कतार एयरवेज÷मेक्गिल राइजिङ स्कोलार्स् इन एयर एण्ड स्पेस ल कन्फ्रेन्स क्यानडाको मन्ट्रियलमा आयोजना भएको थियो । उक्त कार्यक्रममा विभिन्न श्रेणीका सरकारी अधिकारी तथा उड्डयन तथा अन्तरिक्ष उद्योगका विज्ञहरुको साथमा २० भन्दा धेरै राष्ट्रका छात्रहरुको उपस्थिति रहेको थियो ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, ‘कतार एयरवेज मेक्गिल विश्वविद्यालयस्थित हवाई तथा अन्तरिक्ष कानुन संस्थासँगको नयाँ रणनैतिक सहकार्य घोषणा गर्न पाउँदा निकै गर्वान्वित भएको छ । उक्त संस्था विश्वभरका अन्तरराष्ट्रिय संघसंस्था तथा सरकारी, एयरलाइन एवं कानुनी व्यवसायमा उच्च तहमा कार्यरत उड्डयन क्षेत्रका अधिक कर्मचारीहरुको विकासमा जिम्मेवार रहेकोले एक प्रतिष्ठित संस्था मानिन्छ ।’