सिप्रदीयनको आँधी प्रभावित जिल्लामा राहत वितरण |

काठमाडौं । ‘सिप्रदीयन सहायता संस्था’ ले बारा र पर्साका आँधी प्रभाबित क्षेत्रहरुमा राहत वितरण गरेको छ ।
वितरण स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरुको समन्वयमा गरिएको हो । संस्थाका स्वयमसेवक टिमले पर्साको जगरनाथपुरमा ६५ बढी प्रभावित परिवारलाई प्रतिपरिवार २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा वितरण गरिएको जनाइएको छ ।
त्यस्तै बाराको भलुहि र चैनपुरमा २०० बढी परिवारलाई चामल, दाल, नुन र खाना पकाउने तेल वितरण गरेको छ । सिप्रदीयन सिप्रदी ट्रेडिङको सामाजिक संस्था हो ।