शिवम सिमेन्टको एजीएम बैशाख ९ मा, बुक क्लोज चैत २६ गते |
काठमाडौं । शिवम सिमेन्ट लिमिटेडको वार्षिक साधारण सभा बैशाख ९ गते हुने भएको छ । कम्पनीले चैत १९ गते बसेको संचालक समितिको बैठकबाट तेस्रो वार्षिक साधारण सभाका लागि चैत २६ गते एक दिनलाई बुक क्लोज गर्ने भएको छ ।
सभामा गत आवको नाफाबाट चुक्ता पुँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्रिय सभा गृह प्रदशनीमार्गमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीले ४ अर्ब ४० करोड चुक्ता पुँजीको १५ दशमलव ७८९४ प्रतिशतका दरले ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
यस्तै, आगामी ४ वर्षे कार्यकालका लागि सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । भविष्यमा उद्योगको क्षमता वृद्धि, उत्पादन विविधिकरण खानी तथा खनिज पदार्थको अनुमतिपत्रमा हक कायम गर्नेलगायत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गर्नेछ ।