हिमालयन उर्जाको आईपीओ आजदेखि, सर्वसाधारणलाई साढे १३ लाख कित्ता |
काठमाडौं । काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको आईपीओ आजदेखि खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १४ लाख ८५ हजार कित्ता शेयर विक्री खुला गरेको हो । यसमध्ये ३५ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता शेयर कर्मचारीलाई र ५५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ । वाँकी शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा चैत्र २५ गतेसम्म र पहिलो चरणमा विक्री नभएमा ढिलोमा बैशाख १९ गतेसम्म सार्वजनिक निष्कासन गर्ने धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जानककारी दिएको छ ।
प्राथमिक शेयरमा आवदेनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयरमा खाता खोलेकाले अनलाइनबाटै आवदेन दिन सक्ने छन् । क्रेडिट रेटिङ नेपालले गरेको रेटिङ अनुसार कम्पनीले ‘इक्रा एनपि आईपीओ ग्रेड ४’ प्राप्त गरेको छ । यसले कम्पनीको औसत वित्तीय अवस्था रहेको जनाउँछ ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमामा बग्ने खिम्ति खोलामा दुईवटा आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ति आयोजनाको जम्मा लागत एक अर्ब ९१ करोड रुपैयाँ र अपर खिम्ति आयोजनाको जम्मा लागत एक अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म उक्त आयोजनाहरुको काम ५५ प्रतिशत सकिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आयोजना निर्माणको लागि ९९ करोड रुपैयाँ शेयर पूँजीबाट जुटाउने भएको छ । जसमा संस्थापक शेयरधनीको ७५ प्रतिशत अर्थात ७४ करोड २५ लाख रुपैयाँ, आयोजना प्रभावित क्षेत्रको लागि १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीको लागि १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निजीस्तरबाट निर्माण भएका आयोजनामध्ये यो आयोजनाको लागत सस्तो देखिन्छ ।
कम्पनीले आगामी आर्थिक वर्ष २०७६∕७७ बाट पुर्ण रुपमा नाफामा जाने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७७∕७८ मा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको साधारण लगानी फिर्ता हुने अविधि ७ वर्ष रहेको छ ।