सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेट तिर अग्रसर ओपो | ४८ एमपी डुअल रियर क्यामेरा सहित एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तैयारी
काठमाडौं । ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामेरा मार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने सोचका साथ यसमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गरिएको छ ।
उपभोक्तालाई थप आरामदायी र त्रुटी रहित प्रयोग अनुभव उपलब्ध गराउने उद्देश्यका साथ नयाँ फोनमा एफ सिरिज मातहतका उत्कृष्ट सेल्फी फञ्सनका साथै एफ११मा विभिन्न नवप्रवर्तनात्मक प्रविधिहरु सहित नयाँ राइजिङ क्यामेरा, पानारोमिक स्क्रिन र स्लिक ग्राडियण्ट डिजाइन लगायत सुविधापनि उपलब्ध गरिएका छन् ।
सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेट तिर
विश्वभरका यूवा माझ लोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथा आफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत÷सेयर गर्न नवप्रवर्तन उपलब्ध गराउन सदैव प्रतिबद्व छ ।
ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फन्सनका रुपमा लिइएको सेल्फी फन्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । समयसंगै ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फी प्रविधि तथा फ्रण्ट क्यामेरामा नवप्रवर्तन उपलब्ध गराउँदै गयो । सेल्फी कलालाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रवर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने वैश्विक रुपमै एक सर्वाधिक लोकप्रिय तथा रुचाइएको ब्राण्डको पहिचान पनि दिलायो ।
फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्ता माझ लोकप्रिय हुनुका साथै यसैले ओपोको स्थान बजारमा दरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमा पनि उभ्यायो । निरन्तर नवप्रवर्तनतिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थ अफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गरायो । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ ।
४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज
ओपोको शक्तिशाली क्यामेरा प्रविधि सुसज्जित एफ११ र एफ११ प्रो दुबैमा एफ सिरिज अन्तर्गतको सर्वाधिक अत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छन् । विशेष परिस्कृत रियर क्यामेरा सहितका ओपो एफ११ र एफ११ प्रोमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८एमपी+५एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ । साथै पर्याप्त प्रकाशका लागि यसमा एफ१.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुप भीसीएम, ६पी लेन्स र १÷२.३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएका छन् । दिनको उज्यालोमा यी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् । कम प्रकाश भएका स्थानमा एफ११को टेट्रा सेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात १.६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ । यसले फोटोसेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइ थप चहकिलो र कम न्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ ।
एफ११ र एफ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ , विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ । यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसंग मिलान गर्छ । अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ । साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने, अत्यधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ ।
हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन मार्फत ओपो एफ११ र एफ११ प्रोले अदृतिय क्यामेरा क्षमता प्रदान गर्दै यूवा उपभोक्तालाई जगत् तथा आफ्ना अविस्मणिय क्षणहरु रेकर्ड गर्न सक्षम तुल्याउँछ ।