नबिल ऋणपत्रको निष्काशन व्यवस्थापकमा लक्ष्मी क्यापिटल नियुक्त |
काठमाडौं । नबिल बैंकले लक्ष्मी क्यापिटल मार्केटलाई जारी गर्न लागेको ऋणपत्र निष्काशनको व्यवस्थापक नियुक्त गरेको छ । बैंकले क्यापिटलसँग निष्काशन व्यवस्थापन सम्झौता गरेको हो ।
सम्झौताबमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता एकाइ ऋणपत्र सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्नेछ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरे । ऋणपत्रको प्रति एकाइ १ हजार रुपैयाँ पर्ने छ ।