सामसुङले ल्यायो ‘हर्षमय नयाँवर्ष २०७६’ योजना |
काठमाडौं । सामसुङ कन्जुमर इलेक्ट्रोनिक्स नेपालले नयाँ वर्ष २०७६ को उपलक्षमा ‘हर्षमय नयाँवर्ष २०७६’ योजना सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सामसुङले नयाँ वर्षको अवसरमा सामसुङका सामानहरुको खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सामसुङको ‘हर्षमय नयाँवर्ष २०७६’ अफर अन्तर्गत ग्राहकहरुले सामसुङ टीभीको खरिदमा ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ छ भने, रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्मको छुट र सामसुङको वासिङ्ग मेसिनहरुको खरिदमा १८ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ ।
साथै नयाँ वर्षको उपलक्षमा प्रस्तुत गरिएको यस अफर अन्तर्गत सामसुङ कन्जुमर इलेक्ट्रोनिक्सका सामानहरुको खरिद गर्ने ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरी उपहार प्रदान गरिने छ । प्रथम हुने भाग्यशाली विजेताले सामसुङको ५५ इन्चको कर्भ टीभी, द्वितीय हुनेले ४९ इन्चको कर्भ टीभी, तृतीय हुने भाग्यशली विजेताले सामसुङको ५ इन १ कन्भर्टेवल रेप्रिंmजेरेटर, चौथो हुनेले ८ केजीको फ्रन्टलोड वासिङ्ग मेसिन तथा पाँचौं हुने भाग्यशली विजेतालाई २८ लिटरको हट व्लास्ट युक्त सामसुङको माइक्रोवेभ ओभन प्रदान गरिनेछ ।
सामसुङको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालि तथा त्रिवेणी व्यापार कम्पनीद्वारा यस नयाँ वर्षको अफर ल्याईएको हो । यो अफर यही चैत्र १९ गतेदेखि लागू भई बैशाख ३१ सम्म रहने छ ।
सामसुङ इलेक्ट्रोनिक्स् कम्पनी विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्पmत् नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टीभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ ।