हिमालयन एयरलाइन्सद्वारा युएईको अबुधाबीमा उडान शुरु, साताको तीन दिन उडान हुने |
काठमाडौं । नेपालको निजी क्षेत्रबाट सञ्चालित अन्तरराष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको हिमालय एअरलाइन्स्ले युएईमा उडान शुरु गरेको छ । कम्पनीले अबुधाबीमा हप्ताको तीन दिन उडान भर्नेछ । हिमालय एअरलाइन्स्को एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि पहिलो उडान गरेको छ ।
काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रु सहित २१ː३० मा अबुधाबी उडेको एअरलाइन्स्को एचनाइन ५६७ विमानले अबुधाबीको अन्तरराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ː५३ मा अवतरण गरेको थियो ।
फिर्ति उडान अबुधाबी अन्तरराष्ट्रिय विमानस्थलबाट १५० यात्रु सहित एचनाइन ५६८ विमान अप्रिल १, २०१९ मा स्थानीय समय ०२ː३१ मा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय ०८ː४१ बजे अतवरण गरेको छ । युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्स्ले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ ।
प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानले प्रत्येक मंगलबार, बिहीबार र आइतबार उडान भर्नेछ ।