नेपाली दुताबासका कर्मचारीहरुको खराब आचरण भए खबर गर्नुस, प्रमाणित भए निस्कासन गर्छौ ː राजदुत पाण्डे |

क्वालालम्पुर । मलेशियाका लागि नेपालका नवनियुक्त राजदुत उदयराज पाण्डेले कसैले जघन्य किसिमका कुनै काम गरे दूतावासले कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् । साथै यहाँ रहेका संगठनको पगरी धुतेर कुनैपनी श्रमिक ठग्ने काम पुर्णरुपमा तत्काल बन्द गर्न चेत्तावनी समेत उनले दिएका छन् ।
यद्यपि कारवाही गर्दा कुनै संस्थालाई नभई नितान्त व्यक्ति लाई कारबाही हुने पाण्डेले बताए । दूतावासका कुनै कर्मचारीहरुले पनि कुनै नराम्रो कार्य गरिरहेका छन् भने दूतावास प्रमुखलाई जानकारी गराउन उनले आग्रह गरेका छन् । ‘त्यस्ता कर्मचारीहरुलाई पनी आवश्यक कारवाहीको कदम चालिने छ ।’ उनले भने, ‘ त्यस्ता कर्मचारी लाई दूतावासबाट निस्कासन समेत गर्न सकिने छ ।’

समाजिक अगुवा, राजनीतिक पाटीको अगुवा र पत्रकारहरुको गुनासो, जिज्ञासाहरुको उत्तर दिदै कार्यक्रमका प्रमुख अतिथी पाण्डेले यहाँ कार्यरत सम्पुर्ण नेपालीहरुले हातेमालो गर्दै दूतावास संग समन्वय तथा सहकार्य गर्न आह्वान गरेका थिए ।
नेपाल सरकारले निर्णय गरिसकेको नयाँ नियम अनुसार कुनैपनि मागपत्र,अब दूतावासले स्वीकृति नदिईन्जेल सम्म कामदार मलेसिया ल्याउन नपाइने र कुनैपनि कम्पनीले कामदारलाई दुːख दिने काम गरिरहेको छ भने चेतावनी दिदै पाण्डेले भने, ‘अब त्यस्ता काम बन्द गर्नुस किनभने आगामी दिनहरुमा जब सम्म दूतावासले प्रमाणित गर्दैन तबसम्म कामदार ल्याउन पाईने छैन ।’
नेपाली ब्यवसायी समाज मलेसिया लगायत मलेशियामा गठित विभिन्न समाजिक संघ संस्थाहरुको संयुक्त आयोजनामा हिजो आइतबार नवनियुक्त राजदुत उदयराज पाण्डे लाई स्वागत गरिएको छ । मलेशियाको राजधानी क्वालालम्पुर स्थित फाइभ एलिमेन्ट होटलको सभाहलमा आयोजना भएको विशेष समारोहमा नवनियुक्त राजदुत पाण्डेलाई भब्य स्वागत तथा सम्मान गरिएको हो ।
नेपाल् आदिवासी जनजाती महासंघ मलेसियाका प्रवक्ता ईश्वर राईले सञ्चालन गरेको कार्यक्रमको सभापतिमा नेपाली ब्यवसायी समाज मलेसियाको अध्यक्ष ईन्द्र लिम्बू , प्रमुख अतिथीमा नवनियुक्त राजदुत उदयराज पाण्डे र विशेष अतिथिमा गैर आवासीय नेपाली संघ मलेसियाका वरिष्ठ उपाध्यक्ष टेक बहादुर धिक्त रहेका थिए । कार्यक्रममा सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष समीर मल्लले स्वागत मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका अध्यक्ष सुनाखरी मगर , नेपाल कम्युनिस्ट पार्टी सम्बद्व बिदेश बिभाग (प्रबासी नेपाली एकता मन्च मलेसिया) का कार्यदल सदस्य प्रेम पाण्डे, नेपाली ब्यवसायी समाजका सचीव बिपिन राई , नेपाल् कम्युनिस्ट पार्टी बिप्लव निकट मलेसिया मोर्चाका अध्यक्ष विजय लामा , नेपाली प्रवासी सितोेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईराला गायतका श्रमिक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मनोरञ्जनको निम्ति स्थानीय नेपाली कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने कलाकारहरुलाई आयोजकले कदरपत्र सहित सम्मान गरेको थियो ।