मार्जिन कारोबार गर्न कञ्चनजङ्घा सेक्युरिटीलाई राष्ट्र बैंकले दियो स्वीकृति |
काठमाडौँ । नेपाल राष्ट्र बैकले मार्जिन ट्रेडिङको कारोबार गर्न ब्रोकर कम्पनीलाई स्वीकृति दिएको छ । केन्द्रीय बैंकले पहिलो पटक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिफारिसमा क्रिष्टल कञ्चनजङ्घा सेक्युरिटीलाई स्वीकृति दिएको हो ।
सम्पूर्ण कारोबारको नियमन जिम्मेवारी नेप्सेमा रहने गरी स्वीकृति प्रदान गरेको हो । धितोपत्र बोर्डको नीतिरनिर्देशन एबम् मार्जिन सक्बन्धि कार्यविधि २०७५ अन्तर्गत रहेर नेप्सेले नियमन गर्ने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ मा भएको व्यवस्था बमोजिम स्वीकृति प्रदान गरेको केन्द्रीय बैकले दिएको स्वीकृति पत्रमा भनेको छ ।
अब अन्तिम स्विकृतिका लागि प्रक्रिया शुरु भएको नेप्सेले जनाएको छ । नेप्सेले अन्य आवेदक सदस्य दलाल कम्पनीलको समेत आवेदनलाई सङ्कलन गरेर केन्द्रीय बैंक पठाउने तयारी गरेको छ ।
हाल मार्जिन कारोबारका लागि १४ कम्पनीले नेप्सेमा आवेदन दिएका छन् । मार्जिन कारोबार सम्बन्धी कार्यविधि अनुसार तीन कम्पनी मात्र योग्य देखिएका छन् । जसमा एक कम्पनीले केन्द्रीय बैकको स्वीकृति पाएको छ भने अन्य कम्पनीहरूलाई एकै पटक स्विकृतिको लागि नेप्सेले केन्द्रीय बैंक पठाउने तयारी गरेको छ ।