चौतारी लघुवित्त वित्तीय संस्था मर्जरमा जाने, दुई जना सञ्चालक पनि चुनिए |
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमेटेडलेको तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।
संचालक समितिका अध्यक्ष जगतवहादुर पोख्रेलले उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरियोस भन्ने प्रस्तावलाई पारित गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले सर्वसाधरण सेयरधनीहरुको तर्फबाट दुईजना संचालक सदस्य निर्वाचित भएको बताए । दिपककुमार बुढाथोकी र केशबप्रसाद पन्थीलाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरिएको छ ।
बित्तीय संस्थाले हाल ५७ वटा कार्यालयवाट ३९ हजार ग्राहक सदस्यलाई सेवा दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।