सिनेपको १६औँ वार्षिक साधारण सभा तथा निर्माण सम्बन्धी सम्मेलन सम्पन्न |

काठमाडौं । स्ट्रक्चरल ईञ्जिनियर्स एसोसिएशन नेपाल (सिनेप) को १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जगदम्बा स्टिल्स् तथा रिद्धि सिद्धि सिमेन्ट प्रालिका आनन्द नेपालको आथित्यमा ‘भूकम्पिय प्रतिरोधात्मक संरचनाको गुणस्तरीय निर्माण’ भन्ने मूल नारा सहित उक्त कार्यक्रम सम्पन्न भएकोे थियो ।

कार्यक्रममा बोल्दै ई. आनन्द नेपालले रिद्धि सिद्धि सिमेन्टको एवं जगदम्बा स्टिल्स्को उत्कृष्ट गुणस्तर तथा यिनको उत्पादनमा प्रयोग हुने नवीनतम प्रविधिको बारेमा जानकारी दिएका थिए । सम्मेलनमा जगदम्बा स्टिल्स् प्रालिबाट उत्पादित राइनो ५०० डि स्टिल्स् बारे जानकारी गराइएको थियो । उनले राइनो ५०० डि स्टिल्स् उत्पादन हुने प्रक्रिया तथा यसको उपयोगिता बारे विस्तृत जानकारी दिएका थिए ।
त्यसैगरी कार्यक्रममा बोल्दै संघका सेक्रेटरी डा. भरत मण्डलले सिनेपका गतिविधिहरुका बारेमा उपस्थित महानुभावहरुलाई अद्यावधिक गराएका थिए । मण्डलले कार्यक्रममा बोल्दै अनलाइन सदस्यता नविकरण गर्न सकिने तथा नयाँ सदस्यहरुले अनलाइन आवेदन प्रस्तुत गर्न सक्ने संघको नयाँ डाइन्यामिक वेबसाइटका बारेमा पनि जानकारी दिएका थिए ।