ग्रिन लाइफ हाइड्रो पावर कम्पनीको आईपीओ बाँडफाँड, मागेजति सबैले पाए |
काठमाडौँ । ग्रिन लाइफ हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) आइतबार बाँडफाँड गरेको छ ।
रितपूर्वक आवेदन दिएका सबै १२ सय १६ आवेदकले माग बमोजिम शेयर पाएका छन् । उनीहरूले एक लाख तीन हजार ६ सय कित्ता शेयर पाएको विक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको शेयरमा स्थानीयले रुचि देखाएका थिएनन् । स्थानियको लागि कम्पनीले १८ लाख कित्ता शेयर निष्कासन गरेको थियो । जसमा स्थानीयले ५.७५ प्रतिशत मात्रै आवेदन दिए ।
बाँकी रहेको १६ लाख ९६ हजार चार सय कित्ता शेयर सर्वसाधारणलाई विक्री गरिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।