जयन्त अग्रवाल राउण्डटेबलको अध्यक्षमा निर्वाचित |
काठमाडौं । हालै अन्तरराष्ट्रिय राउण्ड टेबल एसिया प्यासिफिक क्षेत्रकोे काठमाडौँमा सम्पन्न बेठकमा राउण्ड टेबल नेपालका पूर्व अध्यक्ष जयन्त अग्रवाल एसिया प्यासिफिक क्षेत्र को आगामी कार्यकाल (2019 -20) को लागि अध्यक्ष निर्वाचित भएका छन् ।
उनी हेमन्त गोल्छा, मनोज केडिया, अमित बेगानी र आकाश गोल्छा पछिको एसिया प्यासिफिक क्षेत्रको अध्यक्षका रुपमा निर्वाचित हुने पाँचौ व्यक्तीमा परेका छन् ।
एसिया प्यासिफिक वार्षिक साधारण सभामा नेपाल सहित १२ देशका १०० टेबलर्सहरुको सहभगिता रहेको थियो । एसिया प्यासिफिक क्षेत्रको अन्तरराष्ट्रिय राउण्ड टेबल मा नेपाल, भारत, श्रीलङ्का, फिलिपिन्स, अष्ट्रेलिया, हङकङ ,सिङ्गापुर, मलेसिया र न्यूजिल्यान्ड सहित १० देश सदस्य रहेका छन् । एसिया प्यासिफिक क्षेत्रको हालसम्मको अध्यक्ष श्रीलङ्काका रनिल समाराविक्रमा रहेका छन् ।