मुनाफाको आधार सुनिश्चित गरिनुपर्छ : भारतीय व्यापारी शर्मा |
काठमाडौं । ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको भारतीय बहुराष्ट्रिय कम्पनी एसजेभीएनएलका अध्यक्ष नन्दलाल शर्माले लगानीपछिको मुनाफाको आधार सुनिश्चित गर्न आग्रह गरेका छन् । उनले भने, ‘लगानी गर्ने जोसुकैले हेर्ने भनेको मुख्यतः मुनाफा र जोखिम नै हो, लगानी गरिसकेपछि त्यसबाट आउने मुनाफाको आधार सुनिश्चित गरिनुपर्छ ।’
काठमाडौंमा जारी लगानी सम्मेलनअन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदानप्रदान सत्रमा अध्यक्ष शर्माले त्यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘लगानीकर्ताले पहिले कति रिटर्न आउँछ भनेर हेर्छ, दोस्रोमा उसले रिक्स हेर्छ ।’
नेपालमा जलविद्युत क्षेत्रमा मुनाफा कमाउन सामान्यतः १५२० वर्ष लाग्ने उनले बताए । तर, सहज र सम्भावना पनि जलविद्युतमा नै रहेको उनको भनाइ थियो । नेपालका कानूनहरू पनि लगानीमैत्री हुँदै गएको उनले बताए । ‘सरकार समस्या समाधान गर्न सकारात्मक छ, प्रतिव्यक्ति आय बढ्दो छ, अबको केही वर्षमा राम्रो सुधार हुन्छ’, उनले भने ।
नेपालमा केही समस्या रहेको भए पनि सरकार त्यसको समाधानका लागि तत्पर देखिएकाले चिन्तित हुनु नपर्ने उनको भनाइ छ ।