यूनिभर्सल पावरको वार्षिक साधारणसभा जेठ २० गते |
काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारणसभा आगामी वर्षको जेठ २० गते हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४७५ को वार्षिक साधारणसभा उक्त दिन गर्न लागेको हो ।
सभाले कम्पनी सचिव परिवर्तन गरी देवबहादुर श्रेष्ठलाई नियुक्त गर्दै छ । साथै, कम्पनीका सञ्चालक पुष्पेन्द्र भट्टराईले दिएका राजीनामालाई जेठ २० गतेदेखि लागू हुने गरी उक्त सभाले स्वीकृत गर्नेछ । उक्त निर्णय कम्पनीको २०७५ चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।