सिद्धार्थ बैंकको बोनस शेयर सूचिकृत |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले आज शुक्रवार सो बैंकको कुल ४२ लाख ३२ हजार १ सय ९२ कित्ता बोनस शेयर सूचिकृत गरेको हो ।
काठमाडौंको हात्तिसारमा केन्द्रयी कार्यालय रहेको यस बैंकको हालसम्म कूल ८ करोड ४६ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत रहेको छ । २४ अर्ब २० करोड रुपैयाँ बजार पूँजीकरण रहेको यस कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।