माछापुच्छ्रे बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले निष्कासन गर्न लागेको ‘१०.२५५ माछापुच्छ्रे डिवेञ्चर २०८५’ का लागि निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले रू. ३ अर्बबराबरको उक्त ऋणपत्र निष्कासन तथा विक्रीका लागि एनएमबी क्यापिटलसँग सम्झौता गरेको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंक लिमिटेडको उक्त मात्राको ऋणपत्र निष्कासन तथा विक्री एनएमबी क्यापिटल लिमिटेडले सम्पन्न गर्नेछ । उक्त ऋणपत्र निष्कासनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट अनुमतिसमेत प्राप्त गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति लिई बैंकले विक्रीका लागि आवेदन खुल्ला गर्नेछ ।