कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरणका गर्नका लागि निवेदन आह्वान |
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरणका लागि निवेदन आह्वान गरेको छ ।
मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थालाई निवेदन दिन आग्रह गरेको छ ।
वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ ‘क’ तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ बमोजिम मन्त्रालयमा सूचीकरण हुन चाहने स्वास्थ्य संस्थाहरुलाई तोकिएको कागजातसहित निवेदनका लागि सूचित गरिएको छ ।
सूचना प्रकाशित भएको मितिले १० दिनसम्ममा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखामा निवेदन दिइसक्नुपर्ने पनि मन्त्रालयले जानकारी दिएको छ ।