एशियाली विकास बैंकले नेपालको पुर्वाधार विकासमा सहयोग बढाउँदै जाने |
काठमाडौं । एशियाली विकास बैंकले नेपालको पुर्वाधार विकासका लागि सहयोग बढाउँदै लैजाने प्रतिबद्वता जनाएको छ । लगानी सम्मेलनमा सहभागि हुन काठमाण्डौं आएका एशियाली विकास बैंकका उपाध्यक्ष चेन चेनले अर्थमन्त्री डा. युवराज खतिवडासँगको भेटमा यस्तो प्रतिवद्वता जनाएका हुन् ।
भेटका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले संघीयता कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले एक वर्षमा गरेका कामको जानकारी दिंदै नेपालको आर्थिक सामाजिक विकासमा एशियाली विकास बैंकले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमा समेत भेटका क्रममा छलफल भएको थियो ।
उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रशंशा गर्दै वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि धेरै काम गर्न सक्ने अवसर भएको बताएका थिए ।
छलफलको क्रममा उपाध्यक्षले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खासगरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी दोश्रो आयोजनाको कार्यान्वयन, दुधकोशी, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्वता व्यक्त गरेका थिए ।