जनता बैंकका तीनवटा डेपुटी सीईओको एकैपटक राजिनामा |
काठमाडौं । जनता बैंक नेपालका तीन जना डेपुटी सीईओले एकै पटक पदबाट राजीनामा दिएका छन् । बैंक नेतृत्वसँग असहमति बढ्दै गएपछि डेपुटी सीईओत्रय पृथ्वी श्रेष्ठ, सागरकुमार घिमिरे र अजय मिश्रले राजीनामा दिएका हुन् ।
केन्द्रीय बैंकले जनता बैंकको बोर्डलगायत नेतृत्व तहमा रहेका कर्मचारीसँग सोधपुछ गरेको र सोही क्रममा तीन जना सीईओले एकैपटक राजीनाम बुझाएको बताइएको छ ।
यसअघि बैंकका देशभरका कर्मचारीको तलब केही दिन रोकेर बैंक नेतृत्वले ब्याजमा चलखेल गरेको समाचार बाहिर आएको थियो । त्यस लगत्तै बैंकले कर्मचारीको खातामा तलब पठाएको थियो ।