होण्डा ‘सम्बन्ध सपनाहरूको’ योजनाको बम्पर विजेताको घोषणा | काभ्रेका विशाल थापाले जिते ५० लाख रुपैयाँ

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनीले ‘सम्बन्ध सपनाहरूको’ को विजेता घोषित गरेको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता रहेको उक्त कम्पनीले नेपालमा ५० वर्ष पूरा गरेको तथा दशैं तथा तिहारमा ल्याएको उक्त योजनाको बम्पर विजेतामा काभ्रे जिल्लाको धुलिखेलका विशाल थापा घोषित भई ५० लाख जित्न सफल भएका छन् ।
२५ माघदेखि २५ फागुनसम्म सञ्चालित उक्त योजनामा २५ हजार २६५ जनाको सहभागिता रहेको थियो । सहभागीहरूमध्ये लक्की ड्रमार्फत ५० जना छनोट गरिएको थियो । छनोट भएका सहभागीहरूले ५० लाख बम्पर उपहार जित्नका लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो ।
अपलोड गरिएका ३९ भिडियो मध्ये सर्वा्धिक २४ हजार १५० लाइक, कमेन्ट र शेयर प्राप्त गरी आफू डाक्टर बनी जनमानसको सेवा गर्ने सपना बोकेका थापा उक्त योजनाको बम्पर विजेता बन्न सफल भएका हुन् ।